नेपालमा विज्ञापन र अन्नपुर्ण पोष्टको पहिलो पृष्ठमा विज्ञापनको अवस्था

10 06 2008

 

१. पृष्ठभुमि

विज्ञापन एउटा सन्देश हो जुन सन्देशले जनताको ध्यानाकर्षा गराउँछ र सम्वन्धित विषय बस्तुमा सचेत गराइ पाठक, स्रोता र दर्शकहरुमा सहज र सरल तरिकाले गहिरो प्रभाव पनि पार्छ । यसकाराण हामी भन्न सक्छौ विज्ञापन एक किसिमको संचार हो । जसले जनता समक्ष सन्देश पुर्‍याई सुसूचित गरि सचेत पनि बनाउँछ ।

विश्व अहिले २१ औं शताब्दीमा प्रबेश गरिसकेको छ । हामी मानव यहाँसम्म आइपुग्दाँ धेरै कुरामा परिवर्तन आइसकेको छ । कुनै समय विज्ञापनमा आएका साम्रागी प्रयोग गर्नुहुन्न भन्ने मानसिकतावाट हामी नागरिक समुदाय विज्ञापनको चमक दमक नभई कुनै पनि सामग्री प्रयोग नगर्ने अवस्था सम्म आइसकेका छौ ।

संचार माध्यमको प्रकारसँगै विज्ञापन प्रचार प्रसारमा पनि व्यपक परिवर्तन आइसकेको छ । अहिले छापा माध्यमहरुमा रंगी विरंगी तस्विर सहितको विज्ञापन देख्न पाउछौ भने रेडियो र टेलिभिजनमा कम्प्युटरको मद्दतले तयार पारिएकार् इफेक्ट सहितका विज्ञापनहरु सुन्न तथा हर्ेन पाउँछौ ।

संचार माध्यम तथा यसका प्रस्तुतीहरु जति नै परिवर्तन र समय सापेक्ष बनाइए पनि ती सामाग्रीहरु पाठक, स्रोता र दर्शकहरुमा सम्वन्धित सामानको बारेमा सूचना जानकारी प्रवाह गर्न, उत्प्ररणा जगाउन र उपभोक्ताहरुको स्मरणमा रहन कै लागि प्रचार प्रसारमा ल्याइन्छ ।

नेपालमा विज्ञापन

बद्लिदो परिबेष र समयकोे अन्तरालसँगै संचार माध्यम र संचार क्षेत्रको परिधि भित्र ठुलो परिवर्तन आइसकेको छ । विज्ञापन प्रचार प्रसार संचार माध्यम कै एक अभिन्न अंग हो । त्यस कारण पनि विज्ञापन प्रचार प्रसारमा परिवर्तन आउनु कुनै ठुलो र नौलो कुरा होइन ।

नेपालको परिपेक्षमा हर्ेदा नेपालमा विज्ञापन प्रकाशनले एक दशक पार गरिसकेको विभिन्न ऐतिहासिक दस्तावेजहरुले स्पष्ट पार्दछ । इतिहासलाई फर्केर हर्ेदा नेपालमा पहिलो पटक विसं १९०८ मा तत्कालिन श्री ३ महाराज एवं प्रधानमन्त्री जंगबहादुर राणा बेलायतवाट नेपाल र्फकदाँ आफुसँगै हाते प्रेस पनि ल्याएका थिए । यो नै नेपालको पहिलो प्रेस भएको बताइन्छ । त्यसपछि मात्रै काठमाण्डौंको ठहिँटीमा मनोरञ्जन प्रेसको स्थापना भएको देखिन्छ । यही प्रेसमा छापिएको मोक्षसिद्धि नामको पुस्तकको बाहिरी आवरणमा विज्ञापन छापिएको उल्लेख छ ।

त्यसै गरी काठमाण्डौको ठहिँटिमा बिसं १९५० मा स्थापना भएको पशुपत प्रेसमा छापिएको ‘ नलोपाख्यान’ पुस्तकमा सुधा सागर पत्रिकाको विज्ञापन छापिएको थियो ।

सुधा सागर पत्रिकाको हाल सम्म कुनै प्रति पाउन नसके पनि यही विज्ञापनका आधारमा यस पत्रिकालाई नेपालवाट प्रकाशित पहिलो पुस्तक भएको बताइएको छ ।

यसरी नेपालका विज्ञापन प्रकाशन हुने परम्परा धेरै पुरानो भएको पुष्टि गर्दछ र यसका साथै विज्ञापनले अन्य विभिन्न सामाग्रीहरुको पनि ऐतिहासिक दस्ताबेज बन्न सफल भएको पाउन सकिन्छ ।

यसरी हर्ेदा नेपालमा छापाखानाको स्थापना र त्यहाँवाट प्रकाशन हुने विभिन्न सामाग्रीसँगै विज्ञापन प्रकाशनको पहिलो अध्याय शुरु भएको पाइन्छ । त्यसपछि नेपालमा जहाँनियाँ निरंकुश राणा शासनको पतनसँगै विसं २००७ सालमा प्रजातन्त्र स्थापना र विसं २०४६ सालमा प्रजातन्त्र पर्ून स्थापनाले नेपाली व्यापार व्यवसाय र पत्रपत्रिकालगायतका संचार माध्यमको बृद्धिसँगै विज्ञापनको उत्पादन, प्रकाशन, प्रशारण र प्रभाव समेतमा निकै तीब्रता र परिवर्तन आएको देख्न सकिन्छ ।

यसैबीच ७ वर्षअघि विसं ०५७-५८ सालतिर छापा माध्यमहरुका बीच अन्नपूर््ण्ा पोष्ट नामक दैनिक समाचारपत्रले आफ्नो पहिलो पाइला अघि सारेको थियो । देशको विसम र असहज परिस्थितिमा प्रकाशन आरम्भ गरेको यस दैनिकले छोटो समयमै नेपालको लोकप्रिय र प्रभावकारी छापा माध्यमका रुपमा स्थापित हुन सफल भएको छ ।

२. अध्ययनको उद्देश्य

दैनिक प्रकाशन हुने राष्ट्रिय दैनिक अन्नपर्ूण्ा पोष्ट छोटो समयमै पाठक माझ लोकप्रिय हुन सफल समाचारपत्र हो । पाठक माझ लोकप्रिय भएकै कारण यस दैनिकले थुप्रै विज्ञापन पाउने र छाप्ने गरेको पाइएको छ । समाचार पत्रको पहिलो पृ्ष्ठ आफैमा एउटा प्रभावकारी र बढी पाठकले हर्ेर्ने पृष्ठका रुपमा लिइन्छ । त्यसै कारण यस पृष्ठमा बढी विज्ञापनदाताहरुले विज्ञापन छाप्न रुचाउँछन् ।

यी नै विभिन्न कारणले गर्दा यस दैनिकको पहिलो तथा मुख पृष्ठमा छापिएका विज्ञापनहरुको निम्न उद्देश्य प्राप्तिका लागि अध्ययन कार्य अघि बर्ढाईएको छ ।

क. पहिलो पृष्ठमा छापिएका विज्ञापनको आकार प्रकार थाहा पाउन,

ख. एउटै विज्ञापन कति पटक छापिएको छ थाहा पाउन,

ग. विज्ञापनको संख्या, प्रकृति र अवस्था थाहा पाउन,

घ. पाठक झुक्किने गरि समाचारका रुपमा विज्ञापन छ, छैन थाहा पाउन र

ङ. पहिलो पृष्ठमा विज्ञापनले ओगटेको क्षेत्रफल थाहा पाउन

यीनै माथी उल्लेखित विभिन्न उद्देश्य प्राप्तिका लागि यस अध्ययनले प्रमुख लक्ष्य लिएको छ ।

 

३. अध्ययन क्षेत्र

यस अध्ययनले विज्ञापनका विभिन्न पक्षको अध्ययन तथा विश्लेषणका लागि अन्नपर्ूण्ा पोष्ट राष्ट्रिय दैनिकको पहिलो पृष्ठलाइलाई आफ्नो अध्ययन क्षेत्र बनाएको छ । यो अध्ययन पर्ुण्ारुपले विसं २०६४ साल पौष १ गते आइतवार देखि पौष ३० गते सोमवारसम्म अन्नपर्ुण्ा पोष्ट दैनिकको पहिलो पृष्ठमा छापिएका विज्ञापन सामाग्रीमा केन्द्रित रहने छ । कुनै पनि दैनिक पत्रिकाको पहिलो पृष्ठ आफैमा पत्रिकाको परिचय बोकेको पृष्ठ हो । यसका साथै सबैभन्दा महत्वपर्ुण्ा समाचारलगायतका सामाग्रीहरु पनि यसै पृष्ठमा हुने कारणले पनि यो पृष्ठमा छापिने विज्ञापन लगायतका सामाग्री पाठकको आखाँमा सोझै पर्ने गर्छ । त्यसै कारणले पनि पहिलो पृष्ठमा रहने विज्ञापनलगायतका सामाग्री अरु स्थानमा भन्दा बढी प्रभावकारी मानिएको होला ।

 

४. अध्ययनको महत्व

कुनै पनि समाचार पत्रको पहिलो पृष्ठले उक्त प्रकाशनको परिचय बोकेको हुन्छ । यो बाहिरी पृष्ठ भएकाले पनि सबैको नजर सबैभन्दा पहिला यसैमा पर्ने गर्दछ । त्यसै पनि यो पृष्ठमा छापिने हरेक सामाग्रीको आफैमा महत्वपर्ूण्ा हुन्छ । यसमा विज्ञापन मात्रै कसरी अछुत्तो रहन सक्छ ।

यस अध्ययनले अन्नपर्ूण्ा पोष्ट दैनिकको पहिलो पृष्ठमा छापिने विज्ञापनको अवस्था आकार प्रकार तथा यसले ओगटेका क्षेत्रफलका बारेमा जानकारी पाउन सकिन्छ । यसका साथै विज्ञापनलाई समाचारको रुपमा प्रयोग गरेको छ की छैन र एउटै विज्ञापन कति पटक सम्म छापिने गरेको छ भन्ने तथ्य यस अध्ययनवाट स्पष्ट हुने मैले विश्वास लिएको छु । यस अध्ययनवाट प्राप्त निष्कर्ष तथा तथ्यहरुवाट समाचारपत्रले गरिरहेका कमीकमजोरीहरु उजागर हुने र विज्ञापन सामाग्रीले गर्दा अन्य सामाग्रीलाई कति असर वा फाइदा पुर्‍याएको भन्ने बारेमा पनि जान्न र बुझन सजिलो हुने मेरो ठहर रहेको छ ।

साथै यसवाट औल्याएका कमी कमजोर र समस्याहरुवाट ज्ञान हासिल गरि यस्ता गल्ती तथा दोषहरु भविष्यमा नदोहर्‍यान सचेत हुन सक्ने पनि मैले विश्वास लिएको छु । यसवाट अझ स्तरिय र लोकप्रिय प्रकाशन पाठक समक्षले ल्याउनसघाउने पनि मैले देखेको छु ।

 

५. अध्ययन विधि

अन्नपर्ूण्ा पोष्ट दैनिकको पहिलो पृष्ठमा छापिएका विज्ञापनका विभिन्न पक्षका बारेमा अध्ययन गर्नका लागि २०६४ पुष १ गते देखि ३० गते सम्म एक महिना सम्म प्रकाशित विज्ञापन सामाग्रीहरु संकलन गरि यो अध्ययन प्रकृयालाई अघि बढाएको छु ।

कुनै पनि अध्ययनका लागि निश्चित विधिको आवश्यकता पर्दछ र कुनै पनि कार्य विधि संगत नभएको खण्डमा त्यो कार्य सफल वा भनौ निश्चित विन्दुमा पुग्न सक्दैन । तर्सथ मैले पनि यस अध्ययन प्रकृया अघि बढाउन तथा अध्ययनलाई गन्तव्यमा पुर्‍याउँन थुप्रै विधिहरु मध्ये विषय बस्तु विश्लेषण विधि – अयलतभलत ब्लबथिकष्क

 

m

भतजयम ) लाई यस अध्ययनका लागि छानेको छु र यसै विधिमार्फ यस अध्ययन प्रकृयालाई अघि बढाएको छु । 

६. अध्ययन विश्लेषण

अन्नपर्ूण्ा पोष्ट राष्ट्रिय दैनिक छोटो समयमै लाकप्रिय हुन सफल राष्ट्रिय दैनिक हो । यही लोकप्रियताका कारण व्यावसायिक संघ संस्था तथा विज्ञापनदाताहरुले यस दैनिकमा अत्याधिक विज्ञापनहरु प्रकाशन गर्ने गरेको पाइयो ।

यो अध्ययन मुलत यस दैनिकको पहिलो पृष्ठमा मात्रै केन्द्रित रहने छ । विसं २०६४ साल पौष १ गते देखि एक महीना सम्म यस दैनिकको पहिलो पृष्ठमा प्रकाशित विज्ञापनलाई अध्ययन गर्दा विज्ञापनका आकार, प्रकार, संख्या तथा प्रस्तुति र अवस्थाका बारेमा केही पक्षहरु फरक पाइयो ।

एक महिनासम्म अन्नपर्ूण्ा पोष्ट दैनिकको मुखपृष्ठलाई अध्ययन गरि यस अध्ययनलाई सरल बनाउन यस पृष्ठमा छापिएका विज्ञापनलाई ठुला आकारका विज्ञापन र साना आकारका विज्ञापन भनि वर्गिकरण गरेको छु ।

यहाँ पत्रिकाको तीन कोलम भन्दा बढी वा तीन कोलमसहित करिव २० सेन्टिमिटर अग्लोे क्षेत्रफलमा फैलिएका विज्ञापन तथा पत्रिकाको पृष्ठको एक चौथाई भाग ओगट्ने गरि छापिएका विज्ञापनहरुलाई ठुला आकारको विज्ञापन भनि वर्गिकरण गरेको छु । त्यस्तै करिव दर्ुइ कोलमसम्म मात्रै फैलिएका विज्ञापनहरुलाई साना आकारका विज्ञापन भनि वर्गिकरण गरेको छु ।

क. ठुला आकारका विज्ञापन

यस अध्ययनका क्रममा पत्रिकाको करिव एक चौथाई भाग आगट्नेसम्मका विज्ञापनहरु पनि छापिएको भेटियो । यस्ता विज्ञापन बढीमात्रामा ठुला उद्योगहरुको रहने गरेको स्पष्ट भएको छ । यी विज्ञापनहरु कहिले काँही तीन चार दिनसम्म लगातार छापिन्छ भने प्राय जसो एक दुइ दिन मात्रै छापिने गरेको देखियो ।

ठुला आकारका विज्ञापनहरु मै तीन कोलम वा सो भन्दा बढी, २० सेन्टिमिटर अग्लो क्षेत्रफलमा पनि उल्लेखनिय मात्रामा यस दैनिकमा विज्ञापनहरु छापिने गरिएको पाइयो । यो एक चौथाइ भन्दा आकारमा अलिकतिमात्रै सानो देखिन्छ । यो आकारका विज्ञापनहरु यस दैनिकमा सबैभन्दा बढी संख्यामा छापिने गरेको देखिन्छ । यसमा व्यावसायिक विज्ञापनहरुसहित पत्रिकाले विभिन्न कम्पनीहरुसँग बार्टल गरेका तथा पत्रिका अफिसियल मिडिया रहेका विज्ञापनहरु प्रकाशित हुने गरेको देखिन्छ । यस दैनिकमा प्रकाशित हुने ठुला आकारका विज्ञापनहरुको अध्ययनका क्रममा एउटै विज्ञापन एकै स्थान र आकारमा कम्तिमा तीन पटक सम्म प्रकाशित हुने गरेको पाईयो । यो दैनिक रंगिन रुपमा प्रकाशन हुने भएकाले यसमा प्रकाशित हुने ठुला आकारका विज्ञापनहरु पनि रंगिन नै छापिने गरेको पाइन्छ । साथै यी विज्ञापनहरु सधै समाचार पत्रको वायाँ तल्लो छेउमा छापिने गरेको पाइयो ।

एक महिनासम्म यस अन्नपर्ूण्ा पोष्ट दैनिकको अध्ययन गर्दा ठुला आकारका विज्ञापनहरु संख्यात्मक हिसावले……..वटा छापिएका छन् । जसमध्ये एक चौथाई आकारका…….वटा र अर्को तीन कोलम भन्दा बढी तथा तीन कोलमसहित करिव २० सेन्टिमिटरसम्मको उचाईमा फैलिएका विज्ञापनहरु…… वटा रहेका छन् । अध्ययनका क्रममा यी आकारका विज्ञापन कुनै पनि विज्ञापन समाचारका शैलीमा प्रकाशित भएको पाइएन् ।

ठुला बहुराष्ट्रिय कम्पनी तथा ठुृला व्यवसायिक संस्थाका विज्ञापनहरु यस अर्न्तगत रहेकाले पनि पाठक माझ यो समाचार पत्र लोकप्रिय रहेको र यस अन्नपर्ूण्ा पोष्ट दैनिकमा विज्ञापनको संख्या अधिक रुपमा पहिलो पुष्ठमा आउनुले पनि यो समाचार पत्र सफल रहेको हामी अनुमान गर्न सक्छौ । साथै यस आकारका विज्ञापनहरु कुनै अशिष्ट र अभद्र भने कुनै पनि देखिएन् ।

 

ख. साना आकारका विज्ञाप

अन्नपर्ूण्ा पोष्ट दैनिकको एक महिना अवधीका विज्ञापनहरुलाई वर्गिकरण गरि अध्ययन गर्दा करिव दुइ कोलम सम्म फैलिएका विज्ञापनलाई सानो आकारको विज्ञापनका रुपमा अध्ययनका प्रक्रिया अघि बढाएको छु ।

यस दैनिको अध्ययन अवधीभर अध्ययन गर्दा पहिलो पृष्ठमा पनि उल्लेख्य मात्रामा विज्ञापनहरु छाापिने गरेको पाईयो । यी विज्ञापनहरु समाचार पत्रको हरेक अंकमा दायाँ तिर छापिने गरेको देखियो । यस अर्न्तगत साना आकारमा छापिने विज्ञापनहरु ठुला आकारका विज्ञापनहरु जस्तो बढी तड्क भड्क रुपमा नै छापिने गरेको छ । समाचार पत्र रंगिन भएकाले यी विज्ञापनहरु पनि रंगिन नै छापिने गरेको छ । यस दैनिकको पहिलो पृष्ठमा ठुला व्यवसायिक संघ संस्थाहरुदेखि लिएर साना व्यवसायिक संघ संस्थासम्मका विज्ञापनहरु पनि छापिने गरेको छ । यसका अतिरिक्त साना विज्ञापनहरुमा अन्नपर्ूण्ा पोष्ट दैनिक स्वयं अफिसियल मिडिया रहेका विज्ञापन, महोत्सव, उत्सवका जानकारी तथा उत्सवलगायतका अलि महत्वपर्ूण्ा तथा पाठकले चासो दिने खालका खेलकुद प्रतियोगिताहरुको पनि उल्टो गिन्ती – ऋयगलत मयधल ) प्रकाशन गर्ने गरेको पाइयो ।

यसका साथै समाचार पत्रको भित्रि भागमा छापिएका महत्वपर्ूण्ा तथा विशेष सामाग्रीहरुको जानकारी पनि विज्ञापनको शैलीमा सानो आकारमा जानकारी दिने हिसावले यस दैनिकको पहिलो पृष्ठमा स्थान दिने गरेको देखिन्छ ।

यहाँ सुन चादी, विदेशी विनिमय दर र मौसम पनि विभिन्न संघ संस्था तथा व्यवसायिक क्षेत्रको प्रायोजनमा नियमित रुपमा एउटै स्थानमा स्तम्भका रुपमा पनि छापिने गरेको देखियो । संख्याका हिसावले यी साना आकारका विज्ञापनहरुमा सुनचाँदी, विदेशी विनिमयदर र मौसम नियमित रुपमा एकै स्थानमा छापिने गरेको छ भने यी बाहेक अन्य भने दैनिक कम्तिमा पनि तीन चार वटाको संख्यामा छापिने गरेको छ । यहाँ कतिपय विशुद्ध जानकारी वा सुचना मात्रै दिने सुनचाँदीको मुल्य, विदेशी विनिमयदर तथा मौसमलगायतमा पनि व्यवसायिक प्रायोजन देखिने भएकाले ती सामाग्री विशुद्ध विज्ञापन हो वा सुचना तथा जानकारी मात्रै भन्ने विषयमा स्पष्ट हुन कठिन भएको महशुश हुन्छ । अन्नपर्ूण्ा पोष्ट दैनिकमा नियमित रुपमा पहिलो पृष्ठमा छापिने यी विज्ञापनहरुले समाचार पत्रको साज सज्जा तथा रुप रंगमै महत्वपर्ूण्ां भुमिका खेलेको पनि देखिन्छ ।

 

 

 

 

 

 

 

७. प्रभाव

अन्नपर्ूण्ा पोष्ट दैनिकको प्रभावकारिता यो दैनिक छोटो समयमै यति धेरै यति छिटो लोकप्रिय हुनु यसमा विज्ञापनले अझ स्पष्ट पारेको छ । यहाँ समाचारपत्रको साज सज्जा र रुप -डमी) भित्रै विज्ञापन छाप्नका लागि स्थान छोडेको छ जसले अन्नपर्ूण्ा पोष्ट दैनिकको निश्चित रुपमा प्रभाव पारेको देखिन्छ । यसवाट पाठकमाझमा प्रभाव पारेको पनि देखिन्छ । कुनै पनि पाठकले समाचार पत्र वा भनौ दैनिक पत्रिका किन्ने वित्तिकै सबैभन्दा पहिले पहिलो पृष्ठ नै हर्ेने गर्दछ । पाठकमा प्रकाशित सामाग्री तथा त्यसको रुप रंगले प्रभाव नपारे सम्म पाठकले पत्रिका किन्दैन । यो हामी सबैलाई स्पष्ट भएकै कुरा हो की पत्रिका नबिकेसम्म लोकप्रिय हुनै सक्दैन । यहाँल

हामीले एउटा तितो यर्थाथ कुनै पनि समाचार पत्र वा प्रकाशन नबिके सम्म लोकप्रिय हुन सक्दैन र लोकप्रिय नभए सम्म विज्ञापन सामाग्रीहरु प्रकाशनमा आउदैनन् अथवा छापिदैनन् । त्यसैले पनि यस दैनिक पत्रिकामा छापिएका विज्ञापनहरुको संख्याले पनि समाचार पत्रको प्रभाव कति छ भन्ने कुरा स्पष्ट हु्न्छ । यस अर्थमा अन्नपर्ूण्ा पोष्ट दैनिकले जनमानसमा प्रभाव पारेको छ र यही प्रभावका कारण लोकप्रिय छ भन्दा खासै अतियुक्ति नहोला ।

८. निष्कर्षर सुझाव

यो अध्ययनले अन्नपर्ूण्ा पोष्ट दैनिकको एक महिना सम्म प्रकाशन भएका विज्ञापन सामाग्रीहरुको अध्ययन गरेको छ । यस अध्ययनवाट र्सध हेरी रहदाँ सामान्य लाग्ने र विरलै हामी मानिस वा भनौ पाठकको ध्यान जाने तथ्यहरु यस अध्ययनवाट प्राप्त भएका छन् ।

यस दैनिकको पहिलो पृष्ठमा एक महिना अवधिमा छापिएका विज्ञापनहरुको अध्ययनवाट यसमा दुइ थरीको विज्ञापन छापिने कुरा स्पष्ट भएको छ । यसरी ठुलो र सानो आकारमा विज्ञापन छापिने भएकाले पहिलो पृष्ठमा समाचार पत्रिकाका अन्य सामाग्री भन्दा पनि विज्ञापनको मात्रा कहिले काही बढी देखिने गरेको पनि पाइयो ।

ठुला र साना आकारमा छापिने ती विज्ञापनहरु मध्ये कुनै विज्ञापन नभइ सूचना वा जानकारी भए पनि सूचना भित्रै विज्ञापन राख्न खोजेको महशुश हुन्छ जस्ले गर्दा उक्त जानकारी बास्तवमा के हो भन्ने बारेमा पाठकमा भ्रम पर्ने देखियो । त्यसैले त्यस्ता सामाग्री कि सूचना कि विज्ञापन दुइ मध्ये भ्रम सृजना नहुने गरी प्रकाशन गर्नु पर्ने देखिन्छ ।

त्यसैगरी पत्रिकाको दायाँ तिर संक्षिप्त समाचार लगत्तै देखिने साना आकारका विज्ञापनहरुले पत्रिकाको डमी वा भनौ साज सज्जा र रुप रंगमा नै असर पारेको देखिएकाले पाठकमा माझ रहेको

समाचार पत्रको लोकप्रियता र आकर्षा कम नहोस् भन्नका लागि यस तर्फनि

ध्यान दिन जरुरी भएको मेरो मान्यता रहेको छ । सम्पर्ूण्ा रुपमा समाचारपत्रमा जोकोही सबै भन्दा पहिले समाचार एवं पढ्ने सामाग्री नै खोज्ने हो । त्यस कारण विज्ञापनले समाचारपत्रको समाचारको घेरालाई साधुरो बनाएको नबनाएको बारेमा पनि उत्तिकै ध्यान दिन पनि अति आवश्यक छ ।

अन्नपर्ूण्ा पोष्ट दैनिक समाचारपत्रको पहिलो पृष्ठलाई विज्ञापन सामाग्रीहरुले रंगिन बनाएको छ यसमा सायदै कसैका आपत्ती नहोला तर एउटै विज्ञापन लगातार चार पाँच दिनसम्म एकै ठाउँमा प्रकाशन भइरहनाले पनि पाठकहरुमा पुरानै समाचारपत्र होकी भन्ने भ्रम पर्न सक्ने र यसवाट पाठकहरुमा नराम्रो असर पर्न जाने हो कि भन्ने सम्भावना पनि यससंगै देखिएको छ ।

यसरी सम्रगमा हेदार्ँ अन्नपर्ूण्ा पोष्ट दैनिक हरेक पक्षवाट एउटा सफल पत्रिका हो भन्नेमा कुनै दुइ मत छैन । यो सत्य यसको लोकप्रियता र यसमा प्रकाशित हुने विज्ञापन सामाग्रीले पनि बोलेकै छ ।

यस दैनिकमा देखिएका केही समस्याहरु समाधान समाधान गर्न सकिए यो दैनिक साचै राम्रो हुने र पाठकहरुबीच अझ लोकप्रिय हुनेमा कुनै शंका छैन ।

 

 

 

 

 

 


क्रियाहरु

Information

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )




%d bloggers like this: