jump to navigation

पत्रकारलाई दबाव December 31, 2008

Posted by ramavash in Uncategorized.
Tags:
add a comment

माओवादीको युवा संगठन वाइसिएल र एमालेको युवा संगठन युथफोर्सले हप्ता अशुली गरेको भनि छापिएको समाचारलाई लिएर समाचारको खण्डन छाप्न भक्तपुर वाइसिएलले कान्तिपुरका समाचारदातालाई दवाव दिएको छ ।
वाइसिएल भक्तपुरका इन्चार्ज रामप्रसाद सापकोटाले जुन ठाउँमा समाचार छापेको हो त्यही ठाउँमा खण्डन छाप्नु पर्ने भनि फोनबाट समाचारदातालाई दवाव दिएका हुन् ।
भक्तपुरको मातपोत कार्यालयमा वाइसिएल र युथफोर्सले हप्तावारी असुली गरेको समाचार आज छापिएको छ ।
समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारलाई फोन मार्फ धम्की पर्ण् दबाव दिएको भन्दै नेपाल पत्रकार महासघ भक्तपुर शाखाले आफ्नो गम्भिर ध्यानाकर्षा भएको जनाएको छ ।
महासघ भक्तपुर शाखाले आज विज्ञप्ति निकालेर पत्रकारलाई स्वतन्त्रपर्वक काम गर्ने वातावरण बनाउन समेत सबैलाई आग्रह गरेको छ ।