jump to navigation

रिर्पोर्टस क्लवका अध्यक्ष धमलालाई कानुनी प्रक्रिया पुर्‍याइ थुनामा राखिएको हो – प्रहरी February 12, 2009

Posted by ramavash in Uncategorized.
trackback

प्रहरी प्रधान कार्यालयले रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमलालगायत तीन जना पत्रकारलाई कानुनी प्रक्रिया पूरा गरी थुनामा राखिएको जवाफ र्सवच्च अदालतमा पठाएको छ ।
प्रहरी प्रधान कार्यालयले र्सवच्च अदालतमा लिखित जवाफ पर्ठाई तीनै जनालाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि कानुनबमोजिम नै थुनामा राखेको जनाएको छ ।
कानून अनुसार राखिएकाले थुना मुक्त गर्न नपर्ने प्रहरीले पठाएको जवाफमा भनिएको छ ।
प्रधान कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोक, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर हनुमानढोकाले पनि जवाफ पठाएका छ।
पत्रकारर धमला, विरेन्द्रकुमार महतो र रामशुभक महतोलाई गैरकानुनी थुनामा राखिएकाले मुक्त गर्न माग राखी फि्रडम फोरमले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थियो ।
सर्वोच्च अदालतले तीन दिनभित्र उनीहररुलाई पक्राउ गर्नुको कारण सहित लिखित जवाफ पेश गर्न सरकालाई आदेश दिएको थियो ।

Comments»

No comments yet — be the first.